नेभिगेशन
अर्थतन्त्र

प्रभु महालक्ष्मी लाइफका सीइओ प्रसाई सम्मानित

विराटनगर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका छन् । इटहरीमा आयोजित समारोहमा कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले अवार्ड हस्तान्तरण गरेका हुन् । 
बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हालको बीमा प्राधिकरण)देखि प्रभु महालक्ष्मी लाइफको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा  गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो । हाल प्रसाईको नेतृत्वमा बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ दरिलो छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्