नेभिगेशन
अर्थतन्त्र

मेटलाइफको मोबाइल एपबाट हेल्थ अपडेट

काठमाडौं । बीमा कम्पनी मेटलाइफ नेपालले आफ्नो वान बाई मेटलाइफ मोबाइल एपमा नयाँ अपडेट सार्वजनिक गर्दै स्वास्थ्य र बीमा सेवालाई एकीकृत बनाएको छ ।
नयाँ अपडेटअन्तर्गत प्रयोगकर्ताले दीर्घकालीन रगतमा चिनीको मात्रा सम्बन्धी स्वास्थ्य जोखिम मूल्यांकन गर्न सक्ने सुविधा थपिएको छ । एपमा प्रविष्ट गरिएको विवरणका आधारमा प्रयोगकर्ताले सम्भावित स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सक्नेछन्, जसले विशेष गरी मधुमेह जोखिमबारे सचेत हुन मद्दत गर्छ । यससँगै एपमा अफलाइन नोटिफिकेशन, सुधारिएको प्रिमियम क्याल्कुलेटर, भुक्तानी रिमाइन्डर तथा डिजिटल रूपमा बीमा दाबी  सुरु गर्ने सुविधा पनि विस्तार गरिएको छ । प्रयोगकर्ताले व्यक्तिगत विवरण अद्यावधिक गर्न र पोलिसी व्यवस्थापन गर्न पनि सहज हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो एपले स्वास्थ्य जानकारी र बीमा सेवालाई एउटै प्लेटफर्ममा ल्याउँदै प्रयोगकर्ताको दैनिक जीवनलाई सरल बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्