नेभिगेशन
अर्थतन्त्र

नेपालका तीन अपाचे राइडर चेन्नईमा

काठमाडौं । अपाचे रेसिङ एक्स्पेरियन्समा नेपालमा उत्कृष्ट प्रदर्शन गर्ने तीन नेपाली राइडर अन्तर्राष्ट्रिय फाइनलमा सहभागिताका लागि भारतको चेन्नई पुगेका छन् । टीभीएस मोटर कम्पनीका अनुसार अभिनव राज मल्ल १६० सीसी, दिलीप दनुवार २०० सीसी र सुजन थापा मगर ३१० सीसी छनोटमा परेका हुन् । यी राइडरहरुले चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा हुने फाइनल प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दैछन् । प्रतिस्पर्धामा विभिन्न देशका उत्कृष्ट तथा अनुभवी राइडरहरू बीच प्रतिस्पर्धा हुँदैछ । एआरए जीपी फाइनलमा नेपाली राइडरहरूको सहभागिता नेपालको मोटरस्पोट्र्स विकासतर्फको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । अन्तर्राष्ट्रिय मञ्चमा हुने यो प्रतिस्पर्धालाई नेपाली नेपाली राइडरहरूले चासोपूर्वक हेरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्