नेभिगेशन
अर्थतन्त्र

स्मार्ट फिचरसहित रेडमी बड्स एट लाइट

काठमाडौं । शाओमीले रेडमी बड्स एट लाइट नेपाली बजारमा ल्याएको जनाएको छ । यसमा डुअल माइक्रोफोनसहित एआई इन्क, उच्च ध्वनि गुणस्तर र लामो समय टिक्ने ब्याट्रीको सुविधा रहेको कम्पनीले जनाएको छ । छ । डिजाइन सहज र आरामदायी भएकाले लामो समयसम्म प्रयोग गर्न सकिने, स्मार्ट ट्याप कन्ट्रोल भएकाले कल, संगीत र अन्य कामहरू सजिलै गर्न सकिन्छ ।
उन्नत न्वाइज क्यान्सिलेसन सुविधा छ । यसमा एक्टिभ न्वाइज क्यान्सिलेसन र विन्ड न्वाइज घटाउने सुविधा छ । यसले मेट्रोको आवाज, एसीको आवाज तथा बाहिरको हावाको आवाजजस्ता कम फ्रिक्वेन्सीका ध्वनिहरूलाई कम गर्छ । साथै, डुअल माइक्रोफोन एआइ इन्कले आवाजलाई छुट्याएर स्पष्ट र अवरोधबिनाको कुराकानी गर्न सहयोग गर्छ, जसले गर्दा बैठक वा लाइभ सेसनहरूमा सजिलो हुन्छ । यसमा १२.४ एमएम टाइटानियम डायाफ्राम भएको ड्राइभर प्रयोग गरिएको छ, जसले गहिरो र स्पष्ट ध्वनि प्रदान गर्ने जनाइएको । डिभाइसहरू बीच सजिलो कनेक्टिभिटी सुविधा छ । यसमा दमदार ब्याट्री क्षमता छ । ८ घण्टासम्म चल्छन् भने चार्जिङ केससहित कुल ३६ घण्टासम्म प्रयोग गर्न सकिन्छ । साथै, फास्ट चार्जिङको सुविधा भएकाले १० मिनेट चार्ज गर्दा २ घण्टासम्म संगीत सुन्न सकिन्छ । कालो र सेतो दुई रङमा उपलब्ध यो डिभाइस आफ्नो कानको साइजअनुसार मिलाउन सजिलो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्