नेभिगेशन
अर्थतन्त्र

नेप्से परिसूचकमा १०५ अंकको गिरावट, १२ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको छ। यसदिन ३४५ वटा स्क्रिप्सको ३ करोड १२ लाख ६ हजार  १६२ कित्ता सेयर १२ अर्ब ३८ करोड ९ लाख  १४ हजार ५७० रुपैयाँमा खरिदबिक्री भए।

सरकारले व्यवसायीहरूमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएपछि बजारमा त्यसको प्रभाव परेको लगानीकर्ताहरू बताउँछन्।

नेप्से उच्च अंकले घटेपनि ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स,भुजुङ्ग हाइड्रोपावर,रिलायन्स लाइन इनर्जी,होटल फोरेस्ट इन,सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यस्तै सातवटा कम्पनीको सेयरमा भने नकारात्मक सर्किट ब्रेक लाग्यो। कारोबारमा आएकामध्ये ७ वटा स्टक्सको मूल्य बढ्दा २६१ वटाको घट्यो। उच्च अंकले बजार घट्दा १३ वटै समूहको उपसूचक नकारात्मक देखिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्