नेभिगेशन
अर्थतन्त्र

सिटीपे र छिटो पैसा मर्जरको तोकियो मिति

काठमाडौं । सिटी वालेट प्रालि र छिटो पैसा प्रालिबीचको ऐतिहासिक मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रस्तावित मर्जर प्रक्रिया पूरा भई आगामी वैशाख २ गतेदेखि लागू हुने तय भएको हो । 
मर्जरसँगै छिटो पैसाका सबै सेवाग्राहीहरू अब सिटीपेको अत्याधुनिक र फराकिलो डिजिटल प्रणालीमा समाहित हुने कम्पनीले जनाएको छ । यसले डिजिटल भुक्तानीमा नयाँ सुविधा र सहजता प्रदान गर्ने कम्पनीको दाबी छ ।
यो मर्जरबाट पठाओ लगायतका राइड सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर, क्याप्टेन र हिरोहरूका लागि लाभदायक हुने सिटीपेका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए । अब उपभोक्ताले छुट्टाछुट्टै वालेट प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने उनको भनाइ छ । 
अब सिटीपेमार्फत सबै भुक्तानी, बचत र पुरस्कार सुविधा एउटै प्लेटफर्ममा प्राप्त गर्न सक्ने पनि उनले बताए । ‘पठाओमा भएको बक्यौता र जरिवाना रकम सिधै सिटीपेमार्फत तुरुन्त भुक्तानी गर्न सकिने भएकाले राइडरहरूले आफ्नो खातालाई सधैं एक्टिभ राख्न सक्नेछन् र विलम्बका कारण पर्न सक्ने असुविधाबाट बच्नेछन्,’ उनले भने । 
यस्तै, सिटीपेमा आबद्ध हुने राइडरहरूले विशेष क्यासब्याक अफर र वफादारी पुरस्कार जस्ता अतिरिक्त लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ । जसले दैनिक कारोबारमा बचत बढाउन र अतिरिक्त पुरस्कार पाउन सहयोग पु¥याउँछ । एउटै एपबाट व्यक्तिगत खर्च र व्यवसाय दुवै व्यवस्थापन गर्न सकिने भएकाले राइडरहरूको दैनिकी अझ सरल र सहज बन्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्