नेभिगेशन
अर्थतन्त्र
नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन

वस्तुगत संघतर्फ घिमिरे समूहको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ । 
घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले वस्तुगततर्फका सबै क्षेत्रका प्रतिनिधि समेटेर आइतबार उम्मेदवारी दर्ता गराएको हो । समूहमा वस्तुगत संघतर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसायबाट रबिन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राजकुमार कार्की, बिउबिजन क्षेत्रबाट वसन्तचन्द्र मरहट्टा, कृषि बजारीकरणबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धनप्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एबबहादुर थापा मगर, शेयर बजारबाट धर्मराज सापकोटा, सिमेन्ट उत्पादन क्षेत्रबाट रघुनन्दन मारुले उम्मेदवारी दर्ता गराएका छन् । 
त्यस्तै, प्लाईउड उत्पादन तथा निर्यात क्षेत्रबाट होमप्रसाद घिमिरे, फ्लोरिकल्चरबाट राजेशभक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुवबहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष विष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानीराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, वस्तुगत महासंघ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट विश्वनाथ खनाल र इँटा उद्योग क्षेत्रबाट कृष्णप्रसाद अवालले उम्मेदवारी दिएका छन् । 
भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र सबै क्षेत्रको प्रतिनिधित्व भएकाले घिमिरे नेतृत्वको यो समूह चुनाव जित्नेमा ढुक्क देखिएको छ । उम्मेदवारहरूले महासंघलाई अझ प्रभावकारी, समावेशी तथा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै उद्योग–व्यवसायको विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् । उम्मेदवारी दर्तापछि शिवप्रसाद घिमिरेले सुरक्षित निजी क्षेत्र सशक्त महासंघको अबधारणामा काम गर्ने बताए । साना, ठूला, मझौला सबै व्यवसायीको घामपानी छेक्ने वास्तविक छाता भएको महासंघ बनाउनेगरी एजेण्डाका काम गर्ने पनि उनको धारणा छ ।  उम्मेदवारी दर्तामा दुई दर्जनभन्दा बढी संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो । भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र वर्तमान अध्यक्ष चन्द्र ढकालको सदासयता रहेकाले यो समूहको जित सुनिश्चित रहेको समूहका सदस्य राजकुमार कार्कीले दाबी गरे । उम्मेदवारी दर्ता कार्यक्रममा देखिएको उत्साह, समर्थकहरूको बाक्लो उपस्थितिले घिमिरे समूहको पक्षमा बलियो समर्थन रहेको देखिएको छ । 
महासंघ एशोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उम्मेदवारी 
महासंघको आसन्न निर्वाचनका लागि एशोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उम्मेदवारी दर्ता गराएको छ । महासंघमा तीन कार्यकाल सदस्य भइसकेका पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनको समूहबाट सदस्यमा अविज्ञा मल्ल, अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, राजेशकुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, सचिन ढकाल, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठले उम्मेदवारी दिएका छन् । पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको पनि समर्थन छ । पाण्डेको समूहबाट उम्मेदवारी दिएकामध्ये अम्बिका, बाबुकाजी, हेमन्त, जुना, राजेशकुमार, ऋषि, शक्ति कुमार, सुशील र उज्वल अहिलेको कार्यसमितिमा सदस्य छन् । महासंघमा नयाँ नेतृत्व चयनका लागि यही चैत २९ र ३० गते ६०औं साधारण सभा तथा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्