नेभिगेशन
अर्थतन्त्र

फोटोन ईभीको केयर क्याम्प

काठमाडौं । फोटोन मोटरका लागि नेपालका आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलले फोटोन ईभी टोटल केयर क्याम्प आयोजना गर्दै देशका प्रमुख सहरहरूमा गुणस्तरीय आफ्टर–सेल्स सेवा उपलब्ध गराउने भएको छ । अभियानले विद्यमान ईभी ग्राहकलाई निःशुल्क निरीक्षण, ‘बम्पर–टु–बम्पर’ चेकअप, वासिङ र ग्रिजिङ सेवा तथा स्पेयर पाट्र्स, लुब्रिकेन्ट र लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिने भएको हो ।
आयोजकका अनुसार क्याम्प दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा आइतबारदेखि वैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा हुनेछ । दोस्रो चरण वैशाख ६ देखि १७ गतेसम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा हुनेछ । 
फोटोन नेपालले १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टर र १६६ भन्दा बढी डीसी फास्ट चार्जिङ पोइन्टमार्फत ग्राहकलाई भरपर्दो सेवा उपलब्ध गराउँदै आएको छ । प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पाट्र्स र पारदर्शी प्रक्रियामार्फत उच्चस्तरीय सेवा प्रदान गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्