नेभिगेशन
अर्थतन्त्र

सामसङको ए५७ र ए३७ अग्रिम बुकिङ खुला

काठमाडौं । सामसङ नेपालले ‘ए’ सिरिजअन्तर्गत बजारमा ल्याउन लागेको फाइभ–जी स्मार्टफोन ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७  को प्रि–अर्डर लिन सुरु गरेको छ । कम्पनीका अनुसार प्रि–अर्डर अप्रिल महिनाभरि खुला रहने छ । 
सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए सिरिजले एआईलाई सबै प्रयोगकर्तासम्म पु¥याउने बताए । २४ महिनासम्मको किस्तामा फोन खरिद गर्न सकिने सुविधा उपलब्ध रहेको जानकारी उनले दिए । ए३७ मोडल ८ र १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज सुविधा भएका दुई मोडलहुनेछ । यस्तै ए५७ मा १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज हुनेछ ।
दुवै फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा, नाइट  फोटोग्राफी र उच्च गुणस्तरको फोटो र भिडियो लिने सुविधा छ । ग्यालेक्सी ए५७ फाइभजी ६.९ मिलिमिटर पातलो, हल्का र ५००० एमएएच ब्याट्रीसहित दुई दिनसम्म निरन्तर प्रयोग गर्न सकिने छ । सुपर एमोल्ड डिस्प्ले, भिजन बुस्टर र आईपी ६८ पानी तथा धुलो प्रतिरोधी सुविधा यसलाई दैनिक प्रयोगका लागि भरपर्दो बनाउने कम्पनीको दाबी छ । प्रि–अर्डर गनेका लागि विशेष अफरहरूमा ग्यालेक्सी ए५७ फाइभजी (१२ जीबी) का लागि चार हजार रुपैयाँ बराबरको मेमोरी अपग्रेड र ग्यालेक्सी ए३७ फाइभजी का लागि दुई हजार पाँच सय रुपैयाँ बराबरको मेमोरी अपग्रेड उपलब्ध गराइएको छ । किस्ताबन्दीमा फोन खरिद गर्नेका लागि २४ महिनासम्मको सुविधामा मासिक किस्ता १७६४ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्