नेभिगेशन
अर्थतन्त्र

कजारिया ठूला टायल उत्पादकमा सम्मानित

काठमाडौं । टायल उद्योगमा विश्वव्यापीरूपमा परिचित कजारिया अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त कजारियाले ‘एसियाको सबैभन्दा आशाजनक ब्रान्ड’ र विश्वका आठौं ठूला टायल उत्पादक कम्पनीका रूपमा सम्मान भएको हो । 
कजारियाले गुणस्तर र दिगो अभ्यासमा आफ्नो प्रतिबद्धता देखाउँदै आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको कम्पनीले विज्ञप्ति जारी गर्दै जनाएको छ । नेपालमा कजारियाले रमेश कर्पसँग सहकार्य गर्दै ५.२ मिलियन वर्गमिटर वार्षिक उत्पादन क्षमतासहितको टायल उद्योग सञ्चालन गर्दै आएको छ । अत्याधुनिक प्रविधिसहित यसको कुल उत्पादन क्षमता ८१.५५ मिलियन वर्ग मिटर पुगेको छ ।
कम्पनीका निर्देशक हिमांशु अग्रवालले कजारियाको यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासप्रतिको प्रतिबद्धताबाट प्रेरित भएको बताए । उनले यी मान्यताहरूले विश्वव्यापी विस्तारका क्रममा हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउने दाबी पनि गरे । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरू स्थापना गरी ग्राहकलाई ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल र सेरामिक वाल टायल उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्