नेभिगेशन
अर्थतन्त्र

सीएफमोटोका स्पेयर पार्ट्स र सेवा अब देशभर

काठमाडौं । ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सीएफमोटो नेपालले देशका विभिन्न प्रमुख सहरमा जेन्युन स्पेयर पाट्र्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ । यस पहलले देशभरका सीएफमोटो प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गरिरहेको सीएफमोटोले काठमाडौं उपत्यकाभित्र तथा बाहिर दुबै क्षेत्रमा स्पेयर पाट्र्सको सहज उपलब्धता सुनिश्चित गर्दै सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको जनाएको छ ।
सीएफमोटो नेपाल ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सुधारको दिशामा अघि बढिरहेको छ । कम्पनीले स्पेयर पाट्र्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै आफ्ना प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि सीएफमोटो ग्लोबलद्वारा सञ्चालन गरिएका विभिन्न तहका तालिम कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको छ ।
काठमाडौं उपत्यकाबाहिर बिर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्जमा ग्राहकले सीएफमोटोका जेन्युन स्पेयर पाट्र्स पाउनेछन् । त्यस्तै, काठमाडौंमा कालोपुल, बुद्धनगर र सल्लाघारीमा पाउन सकिने कम्पनीले जनाएको छ ।
सीएफमोटो अन्तर्राष्ट्रियस्तरमा परिचित मोटरसाइकल निर्माता कम्पनी हो, जुन उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र प्रिमियम डिजाइनका लागि चिनिन्छ । नेपालमा आफ्नो उपस्थितिलाई तीव्ररूपमा विस्तार गर्दै कम्पनीले उत्पादन नवप्रवर्तन र सेवा उत्कृष्टतामा निरन्तर लगानी गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्