नेभिगेशन
अर्थतन्त्र

स्मार्ट च्वाइस र सिटीटेकबीच रणनीतिक साझेदारी

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) ले सिटीटेक ग्रुप प्रालिसँग डिजिटल भुक्तानी क्षेत्रका लागि रणनीतिक साझेदारी गर्ने सम्झौता गरेको छ । यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महŒवपूर्ण उपलब्धि हासिल गरेको छ ।
यस साझेदारीपश्चात् सिटी टेकको हार्डवेयरमा एसटिसीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ, जसमा विभिन्न कार्ड स्किमहरु (भिसा, युनियन पे, नेपाल पे) तथा डायनामिक क्यूआरका लागि स्मार्ट क्यूआरमार्फत डिजिटल भुक्तानीलाई सहयोग हुनेछ ।
यस साझेदारीमार्फत एससीटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य पीओएस डिभाइस उपलब्ध गराइनेछ । पीओएस एक्वारिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकहरु यो सेवाबाट लाभान्वित हुनेछन् । कार्ड स्किमहरुको छुट्टाछुट्टै सदस्यता, प्रविधिमा गर्नुपर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले यी संस्थाहरुका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने कम्पनीको दाबी छ ।
एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी–युनियन पे र भिसा कार्ड जारी गर्ने तथा भिसा, रु पे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्