नेभिगेशन
अर्थतन्त्र

महासंघ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन् । महासंघ निर्वाचन समितिले सोमबार घोषणा गरेको परिणामअनुसार अध्यक्षमा राउत विजयी भए । उनले आफ्ना प्रतिस्पर्धी नवीन रिजाललाई पराजित गरे । निर्वाचनमा अध्यक्ष राउतको प्यानल नै विजयी भएको छ ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रवीन दाहाल निर्विरोध निर्वाचित भए । यसैगरी कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल तथा एशोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
जिल्ला नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् भने वस्तुगततर्फ सुभाष आचार्य र दीपक पाण्डे निर्वाचित भए । महासंघ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ जनाले महासंघको नेतृत्व चयनका लागि मतदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्