नेभिगेशन
अर्थतन्त्र

राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
पण्डितले राष्ट्र बैंकको सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गरेका छन् । दुई जना डेपुटी गभर्नर रिक्त भए पनि सरकारले मंगलबार एक पदका लागि मात्र नियुक्त गरेको हो ।
यसअघिका डेपुटी गभर्नर बमबहादुर मिश्र र निलम ढुंगानाको पदावधि सकिएपछि केन्द्रीय बैंकमा फागुन २४ देखि दुवै पद रिक्त थियो । डेपुटी गभर्नरको अवधि पाँच वर्षको हुन्छ । पण्डित २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्