नेभिगेशन
अर्थतन्त्र

’न्यू इयर इभ सेलिब्रेसन २०८३’ गर्दै जर्मन होम्स् होटल, सांगीतिक कार्यक्रमदेखि रुम लन्च गरिने

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले ’न्यू इयर इभ सेलिब्रेसन’ गर्ने भएको छ ।  कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ । कार्यक्रमलाई रेडियो जकी महिना भट्टराईले सञ्चालन गर्नेछिन् ।  

त्यस्तै नृत्य प्रस्तुतितर्फ रोसिका राउत (डान्स च्याम्पियन नेपाल सिजन १ की विजेता) र विरेन श्रेष्ठ (नेपहोलिक क्रु, डान्स प्लस सिजन ३) को विशेष प्रस्तुति रहनेछ । यससँगै लोकप्रिय डीजेहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा आकर्षक काउन्टडाउन सेलिब्रेसनले कार्यक्रमलाई अझ जीवन्त बनाउने होटल व्यवस्थापनले जनाएको छ ।

’न्यू इयर इभ सेलिब्रेसन’ सँगै सोही समयमा होटलमा नयाँ कोठा लन्च समेत गरिने जर्मन होम्स्ले जनाएको छ । कार्यक्रममा सहभागी पाहुनाका लागि असीमित गाला डिनर, विविध परिकारसहितको विशेष व्यवस्था गरिएको छ । होटलमा करिब ५०० जना अट्ने क्षमताको रेष्टुरेन्ट, खुला आँगन (कर्टयार्ड), टेरेस, निजी डाइनिङ स्पेस तथा विभिन्न कार्यक्रमका लागि उपयुक्त हलहरूको सुविधा उपलब्ध छ । यसले विवाह, पार्टी, कर्पोरेट मिटिङ, सम्मेलनका कार्यक्रमका लागि एकीकृत गन्तव्यका रूपमा सेवा दिने लक्ष्य लिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र