नेभिगेशन
अर्थतन्त्र

वीर अस्पतालका लेखाअधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले दाहाललाई विभिन्न विभिन्न सप्लार्स कम्पनी तथा ठेकेदारको बिल भुक्तानीका क्रममा घुस लिएको पुष्टि हुन आएपछि विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको हो । उनीविरुद्ध ९३ हजार ८५० रुपैयाँ विगो माग गरिएको छ ।

अख्तियारको टोलीले उनलाई केही दिनअघि १ लाख २० हजार ८५० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा घुस लिएको पुष्टि हुन आएपछि दाहालविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्