नेभिगेशन
अर्थतन्त्र

नेप्से ४५ अंकले बढ्यो, सबै उपसूचकमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ अंकमा पुगेको छ । यो १.६३ प्रतिशतको वृद्धि हो । बुधबार ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ९८ हजार १६२ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको छ ।
बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३.८७, होटल तथा पर्यटन २.५६ र जलविद्युत समूह २.६१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ १.१६, विकास बैंक १.९८, वित्त १.४५, लगानी १.३५, जीवन बिमा १.३१, लघुवित्त १.२८, जीवन बिमा १.०१, म्युचुअल फण्ड ०.९९, व्यापार ०.६१ र अन्य समूह १.१५ प्रतिशतले बढेको छ । मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्