नेभिगेशन
अचम्मको संसार

घुँगीका लागि प्रेमिकाको खोजी

नेड एउटा साधारण तर राम्रो स्वभावको घुँगी हो, जसको बसोबास बगैंचामा छ । यदि उसले डेटिङ प्रोफाइल बनाएको भए, त्यहाँ लेखिएको हुन्थ्यो – ‘धैर्यशील श्रोता, आफ्नो सानो खोलघरमा खुसी, ब्रोकाउली मनपर्छ, प्रेम खोज्दैछ ।’

तर नेडको प्रेम जीवन खासै सहज छैन । उसले वरिपरिका सबै सम्भावित साथीहरू खोजिसकेको छ, तर अझै पनि एक्लै छ । यसको कारण पनि रोचक छ । त्यो के हो भने, नेडको खोल बायाँतर्फ घुमेको छ । घुँगीको खोल बायाँतर्फ हुनु निकै दुर्लभ कुरा हो । 

४० हजार घुँगीमा मात्र एउटा यस्तो हुन्छ । यस्तो खोल भएको घुँगीको प्रजनन अंग अरू घुँगीहरूसँग मिल्दैन । जसकारण उनीहरूको जोडी सहज बन्न सक्दैन । यदि उसले अर्को बायाँ खोल भएको घुँगिनी फेला पार्न नसके नेडले जीवनभर एक्लै बस्नुपर्नेछ ।

उत्तरी टापुको वैरारापामा आफ्नो घरको बारीमा तरकारीको टुक्रा झारपात केलाइरहेका बेला जिसेल क्लार्कसनको आँखा नेडमा पर्न गयो । ‘देख्नेबित्तिकैै मैले नेडलाई झारपातमा एक्लै छाड्न सक्दिनँ,’ उनले भनिन् । त्यसपछि उनले न्यूजिल्यान्ड जियोग्राफिकमा आफ्ना सहकर्मीहरूलाई नेडको फोटो पठाइन् ।

 यो थाहा पाएपछि न्यूजिल्यान्डकी गिजेल क्लार्कसनले नेडका लागि साथी खोज्ने अभियान सुरु गरिन् । उनले यो घुँगी आफ्नै बगैंचामा पत्ता लगाएकी थिइन् । क्लार्कसन प्रकृतिप्रेमी हुन् । उनले घुँगीहरूका बारेमा लेखेको पुस्तक ‘द अब्जर्भोलोजिस्ट’ पनि प्रकाशित छ । पुस्तककी लेखक एवं चित्रकार क्लार्कसन घुँगीको प्रेममा रुचि राख्छिन् । 

उनी लामो समयदेखि साइनिस्ट्रल वा बायाँ खोल भएका घुँगी खोज्दै आएकी छन् । उनले नेडको फोटो खिचेर न्यूजिल्यान्ड जियोग्राफिक पत्रिकामा पठाइन् र देशभर अभियान चल्यो । पत्रिकाले नेडका लागि साथी खोज्ने राष्ट्रव्यापी अभियान सुरु गर्‍यो । 

अभियानको नाम बायाँ हाते पात्र नेड फ्लान्डर्सको नामबाट ‘द सिम्पसन्स’ राखिएको थियो । नेड फ्लान्डर्सले एकपटक द लेफ्टोरियम नामक स्टोर खोलेका थिए । नेडलाई ‘द सिम्प्सन्स’ टेलिभिजन कार्यक्रमको बायाँ हात प्रयोग गर्ने पात्र नेड फ्ल्यान्डर्सको नाममा नामकरण गरिएको हो । घुँगीहरू उभयलिंगी (दुवै लिंग भएका) हुन्छन् । नेडलाई ‘ऊ’ भनेर उल्लेख गरिएको छ ।

क्लार्कसन भन्छिन्, ‘दायाँ घुमिएको खोल भएको र बायाँ घुमिएको खोल भएको घुँगीबीच समागम हुन सक्दैन । त्यसैले नेडका लागि अर्को बायाँतर्फ घुमिएको घुँगी भेटिनु अनिवार्य छ ।’ 

‘जब दायाँ खोल खोल भएको घुँगी र बायाँ खोल खोल भएको घुँगी भेट्छन्, उनीहरू माथि स्लाइड गर्न सक्दैनन् र यौन अंगहरूको सही मिलन हुँदैन,’ क्लार्कसनले भनिन्, ‘त्यसैले लेफ्टीले केवल अर्को लेफ्टीसँग मात्र समागम 
गर्न सक्छ ।’

तर अहिलेसम्म नेडको लागि उपयुक्त साथी भेटिएको छैन । यसबारे धेरै मानिसहरूले उत्साह देखाएका छन् । तर, हालसम्म प्राप्त फोटोहरू सबै दायाँ खोल भएका घुँगीका मात्र छन् ।

‘धेरैले नेडसँग आत्मीयता महसुस गरेका छन् । आफू पनि प्रेम खोजिरहेकाले नेडलाई आशाको प्रतीकका रूपमा हेरेका छन्,’ क्लार्कसन भन्छिन्, ‘तर, अहिलेसम्म कुनै ‘बायाँवाला’ साथी भेटिएको छैन ।’

यो अनौठो प्रेमकहानीले विश्वभरको ध्यान तानेको छ । तर न्यूजिल्यान्डको कडा जैविक सुरक्षा नियमका कारण विदेशबाट घुँगी ल्याउन मिल्दैन । यसअघि पनि बेलायतमा यस्तै घुँगी ‘जेरेमी’का लागि यस्तो अभियान चलेको थियो । 

सन् २०१७ मा बेलायती साइनिस्ट्रल स्नेल जेरेमीको दुई वर्षको छोटो जीवनपछि मृत्यु भयो । यसको नाम वामपन्थी राजनीतिज्ञ एवं बगैंचाप्रेमी जेरेमी कोर्बिनको नाममा राखिएको थियो । 

जेरेमीका लागि बायाँ खोल खोल भएको साथीको खोजले सम्भावित जोडी खोज्न प्रेरित गर्‍यो । सुरुमा उनीहरूले एक अर्कालाई मन पराउँथे । तर उसको मृत्युको समयसम्म उनीहरूका ५६ बच्चा भएका थिए र ती सबै दायाँ खोल खोल भएको थाहा भयो ।

वैज्ञानिकहरूका लागि बायाँ खोल खोल भएको घुँगीको अध्ययन दुर्लभ आनुवंशिक उत्परिवर्तन बुझ्ने आकर्षक अवसर हो । युरोपमा गरिएको अनुसन्धानले प्रत्येक ४० हजार घुँगीमा एउटा बायाँ खोल भएको घुँगी हुन्छ भन्ने देखाएको छ ।

नेड अहिले क्लार्कसनको बैठक कोठामा राखिएको ट्यांकीमा बस्छ । उसले एक्लोपन महसुस गर्छ या गर्दैन भन्ने थाहा छैन । क्लार्कसन भन्छिन्, ‘सायद उसले एक्लोपन महसुस नै गर्दैन होला । तर, मलाई भने उसको प्रेमजीवनको चिन्ता लागिरहन्छ ।’ उनी भन्छिन्, ‘मैले कहिल्यै एउटै घुँगीको लागि यति चिन्ता गरेकी थिइनँ । म दिनमा धेरैपटक उसलाई हेरिरहन्छु ।’

नेडको खोल हर्दा उसको उमेर करिब ६ महिनाको मात्र छ । घुँगीहरू सामान्यतया दुईदेखि पाँच वर्ष बाँच्छन् । यसैले उसको लागि अझै समय छ । अब उसलाई चाहिएको छ – एउटा बायाँतर्फ मोडिएको खोल भएको साथी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्