नेभिगेशन
सूचना प्रविधि

‘यामाहा नीलो महोत्सव’ सुरु

काठमाडौं (संवाददाता) – नेपालकै सबैभन्दा ठूलो दुई–पांग्रे सवारी साधन आदान–प्रदान महोत्सवका रूपमा चिनिएको ‘यामाहा नीलो महोत्सव’ हात्तिसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ । यामाहा नेपालले आयोजना गरेको यो विशेष कार्यक्रम भदौ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा बाइक तथा स्कुटर प्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहा मोडेलमा अद्यावधिक गर्ने अवसर पाउनेछन् । कार्यक्रममा कम्पनीले ‘कुनै पनि ब्रान्ड, कुनै पनि बाइक आदान–प्रदान’ गर्ने सुविधा उपलब्ध गराएको छ । यामाहा सवारीमा न्यूनतम ५० हजार रुपैयाँ र अन्य ब्रान्डमा न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन हुने व्यवस्था गरिएको छ । साथै, आदान–प्रदानमा अतिरिक्त १० हजार रुपैयाँ बोनस पाउने व्यवस्था छ ।

ग्राहकका लागि ७.९९ प्रतिशत ब्याजदरमा जमानीबिनै ऋण सुविधा, नगद छुट १० लाख रुपैयाँसम्म र प्रत्येक खरिदमा निःशुल्क हेल्मेट उपलब्ध हुने बताइएको छ । साथै, भाग्यशाली विजेताले ‘राइड द नीलो विथ रोडिज’ नामक विशेष अनुभव प्राप्त गर्ने अवसर पाउनेछन् ।

महोत्सव शुभारम्भ कार्यक्रममा बोल्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले नीलो महोत्सवलाई केवल आदान–प्रदान कार्यक्रम नभइ भावना, शैली र प्रदर्शनको अनुभव गर्ने अवसरका रूपमा व्याख्या गरे । ‘यो पहल हाम्रो मूल्यवान ग्राहकप्रति धन्यवाद प्रकट गर्ने र अझ धेरै सवारलाई यामाहा परिवारमा स्वागत गर्ने प्रयास हो,’ उनले भने ।

महोत्सवमा आर–१५, एमटी–१५, एफजेड भी–३ डिलक्स, रे–जेडआर १२५ एफआई हाइब्रिड, एअरोक्स १५५ लगायतका लोकप्रिय मोडेलहरू प्रदर्शनमा राखिएका छन् । कम्पनीका अनुसार, नीलो महोत्सव यामाहाको ७० वर्षको नवप्रवर्तन र उत्कृष्टताको परम्परालाई झल्काउने पर्व हो ।

यामाहा नेपालले सबै बाइक तथा स्कूटर प्रेमीलाई जय नेपाल सिनेमा हलमा आयोजना गरिएको यस महोत्सवमा सहभागी भई नयाँ अनुभव प्राप्त गर्न आह्वान गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि