नेभिगेशन
अर्थतन्त्र

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालन

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै राजधानीमा आफ्नो रिटेल नेटवर्कलाई थप सुदृढ बनाएको छ । शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत श्रृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
शोरुमको औपचारिक उद्घाटन हिजो, असार ८ गते सोमबार बिहान १०ः३० बजे रिबन काटेर सम्पन्न भयो । उक्त भव्य उद्घाटन समारोहमा मुख्य अतिथि नेपालका पूर्व प्रधानन्यायाधीश सम्माननीय प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर सुश्री दिव्या रायमाझी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसले कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि र शिव शक्ति बिजनेस हाउसका नेतृत्वसँग मिलेर औपचारिक रूपमा शोरुमलाई समुदायका लागि खुला गर्नुभयो ।
आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउनेछ ।
“शिव शक्ति बिजनेस हाउससँगको यो सहकार्य जोरपाटी, नारायणटार र यस आसपासका द्रुत रूपमा विकास भइरहेका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो । हाम्रो विश्वस्तरीय कलेक्सनलाई स्थानीय बासिन्दाहरूको नजिकै पु¥याएर हामी उहाँहरूको घर निर्माण प्रक्रियालाई सहज बनाउन र आफ्ना कोठा तथा घरहरूलाई थप आकर्षक बनाउनका लागि उत्कृष्ट एवं आधुनिक डिजाइनका सर्फेसिङ सामग्रीहरू उपलब्ध गराउन चाहन्छौं,” उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका एक प्रतिनिधिले भन्नुभयो ।
नारायणटार, जोरपाटीस्थित दक्षिणढोकामा सहज पहुँच हुने गरी स्थापना गरिएको यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ जहाँ आधुनिक टायल डिजाइन र उच्च गुणस्तरीय निर्माण सामग्रीहरू बुझ्न तथा खरिद गर्न चाहने जोकोहीलाई पनि हार्दिक स्वागत गर्दछ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड  २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्