नेभिगेशन
दृष्टिकोण

आन्दोलनका उपलब्धि संस्थागत गर्ने आधार

संरचनागत परिवर्तन नगरी जेनजीले माग गरेजस्तो भ्रष्टाचारमुक्त शासन व्यवस्थाको स्थापना हुन सक्तैन । जेनजीको अग्रसरतामा भदौ २३ र २४ गते भएको आन्दोलनले दे शमा अभूतपूर्व परिवर्तन ल्याएको छ । भ्रष्टाचारी ने ताहरूका घरहरू डढे , उनीहरूले लुकाएको सम्पत्ति खरानी भए, कति नेता लखेटिए । जे नजीका युवाहरूको अदम्य साहसलाई संसारले उत्सुकताकासाथ हेरि रहेको छ ।

तर युवाहरूको शान्तिपूर्ण आन्दोलनभित्र घुसे र छद्मभे सीहरूले संसद् भवन, सिंहदरबार , सर्वोच्च अदालत लगायतका राष्ट्रिय धरोहर खरानी पारे । यी घटनाहरू सुरक्षा अधिकारीहरूको सामुन्नेमा हुँदा पनि उनीहरू तमासे बने । किनभने विगत ३० वर्षदेखि राज्यका सबै निकायहरूमा दलगत कार्यकर्ताहरू भर्ती भएका छन्, विदेशी एजेन्ट घुसाइएका छन्, पेशागत तालिम दिइएको छैन र उनीहरूको मनोबललाई दलीय नेताहरूले गिराएका छन् ।

यसको सबै दोष युवाहरूको टाउको माथि खन्याएर युवाहरूको मुलुक परिवर्तन गर्ने जोसभित्र फोहोर हाल्ने प्रयत्न भएको छ । युवाहरूलाई रक्षात्मक कित्तामा धकेलिएको छ । यस्तो परिदृश्य यहाँ मात्र भएको होइन । दुई वर्षअघि बंगलादेशमा पनि यस्तै भएको थियो । त्यहाँ पनि यसैगरी युवा विद्यार्थीहरू सडकमा उत्रिएका थिए, यसैगरी छानीछानी राजनीतिक नेताहरूका घर डढाइएका थिए, यसैगरी सुरक्षाकर्मीहरू मौन बसेका थिए ।

हाम्रो पहिचान दिने सिंहदरबारलाई डढाए जसरी बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराई ‘बंगलादेश’ को पहिचान दिने शेख मुजीबर रहमानको शालिक ढालिएका थिए । अनि यसैगरी हजारौं हजार कैदीहरू जेल तोडेर फरार भएका थिए । यी सबै कुराहरूमा देखिएको सामिप्यता संयोग मात्र हो कि दुवै देशहरूमा एउटै शक्तिले लामो समयदेखि गर्दै गरेको योजनाबद्ध प्रयास हो ?

जेनजी पुस्ताका प्रिय साथीहरू, अब एक पटक हाम्रो विगततर्फ फर्केर हेरौँ । एकदलीय पञ्चायती कालरात्रीबाट बहुदलीय प्रजातन्त्रमा जान तपाईंहरूका बा अथवा बाजे पुस्ता लडे , कतिका ज्यान गए भने कतिका घरबार बिचल्ली भए । अन्ततः २०४६ सालमा पञ्चायती व्यवस्था ढल्यो । राजा र जनताको सहमतिमा २०४७ सालको संविधान बन्यो ।

तर त्यसपछिका सरकार हरूले प्रजातान्त्रिक मूल्य मान्यताको आधारमा राज्य व्यवस्था चलाउनुको सट्टा पेशागत दक्षता भएको राज्य संयन्त्रलाई दलगत बनाए । यहीँको कच्चा पदार्थमा आधारित उद्योग धन्धाहरू कौडीको मूल्यमा बेचेर शिक्षा प्रणालीलाई दलहरूको भात्तृ संगठन बनाए ।

२०५२ सालदेखि यो संसदीय भासबाट बाहिर निस्के र जनवाद स्थापना गर्न माओवादीले जनयुद्ध थाले । यसमा तपाईंहरूका दाजु पुस्ताहरू सहभागी बने । सबै जातजातीलाई
अधिकार सम्पन्न बनाउने र हरेक जातजातीलाई पहिचान दिने भनियो । तपाईंहरू मध्ये धेरैका दाजुदिदीहरू यो युद्धमा साहदत वा घाइते भएका छन् । उसले पैरवी गरेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई २०७२ सालको संविधानमासंस्थागत गरियो । 

Dr-Durga-Lal-Paudel-1755645360.jpeg
डा. दुर्गाप्रसाद पौड्याल

तर विगत १० वर्षमा उनीहरूले बाँडेका सपनाहरूको विपरीत राज्य संरचना थप पंगु बनाइए, भ्रष्टाचार संस्थागत भयो , नेताहरूले अकुत सम्पत्ति कमाए । सर्वसाधारण परिवारका युवाहरू रोजगारीको खोजीमा विदेशिए र तपाईंहरूलाई यो आन्दोलनमा होमिन विवस गरायो । तपाईंहरू मध्ये धेरैजनाको सहादत भइसकेको छ भने हजार भन्दा बढी घाइते अस्पतालमा उपचाररत छन् ।

वास्तवमा यी आन्दोलनहरूले हाम्रा लागि कुनै परिणाम दिएकै छैनन् । दल, नेता र स्वार्थ समूहहरूले विभिन्न कोणबाट प्रजातन्त्र, अग्रगामी विकास, जनताको मुक्ति जस्ता ठूला सपनाहरू देखाएर हामीलाई उक्साउँछन् । हामी त्यसैको पछि दौडन्छौं । अन्त्यमा हाम्रो हातमा केवल पश्चाताप मात्र बाँकी रहन्छ ।

किन त्यस्तो हुन्छ ? मेरो बुझाइमा यी आन्दोलनहरू पश्चिमा सामरिक रणनीतिका कडीहरू हुन् । रुसलाई कमजोर पार्न युक्रेनलाई उचालेजस्तै विश्वशक्ति हुने दौडमा रहेका भारत र चीनलाई कमजोर पार्न पाकिस्तान, श्रीलंका, बांगलादेश, नेपालजस्ता साना देशहरूलाई उचाले र यहाँ अस्त व्यस्तताको सिर्जना गर्न खोजिएको छ । यही अस्त व्यस्तताको आडमा पहिले अन्मिन छिरे जसरी युएनलाई यहाँ घुसाउन खोजिँदै छ । 

त्यसपछि अफ्रिका वा मध्यपूर्वमा जसरी त्यही अस्त व्यस्ततालाई दशकौंसम्म लम्ब्याइने छ । त्यसैले यो अवस्थालाई परिवर्तन गरी तपाईंहरूले भनेजस्तो भ्रष्टाचारमुक्त व्यवस्था र सुशासन ल्याउने हो भने कुनै अमुक नेतृत्व खोज्ने हो इन । संरचनागत परिवर्तनको उपाय खोज्नुपर्छ । त्यसैले अब तीनवटा स्पष्ट एजेन्डामा काम हुनुपर्छ ।

एक, अमनचयन कायम गर्ने । अहिले मुलुकभर भएका अस्तव्यस्ततालाई केही समय साम्य पार्न सेनाले राज्यसत्ता हातमा लिएर वर्तमान संविधानलाई निलम्बन गर्नुपर्छ । केही समयको लागि सेनाले सैनिक कानुन अन्तर्गत राज्यव्यवस्था सञ्चालन गर्नुपर्छ । दोस्रो, आशा र भरोसा जगाउने । 

वर्तमान अधोगतिको कारण यो संविधान हो । किनभने यो नीतिप्रधान नभएर नेताप्रधान छ । हामीलाई चाहिने संविधान २०४७ को संविधान हो । किनभने त्यो नीतिप्रधान छ, विषयगत क्षेत्रमा संरचनात्मक व्यवस्था छ र नेपालको भौ गो लिक अन्तरसम्बन्धलाई उपयुक्त हुने गाबिस र जिबिसको व्यवस्था छ । 

हुन त, तपाईंहरूले अघिसारेका मागहरू समावेश गरेर नयाँ संविधान बनाउनु राम्रो हुँदाहुँदै पनि त्यो भइहाल्छ भन्ने देखिँदैन । त्यसैले, सेनाले निलम्बित गरेको वर्तमान संविधान र २०४७ सालको संविधानका बीचमा जनमतसंग्रह गराएर विजयी संविधान अन्तर्गतको जनअनुमोदित सरकारलाई सत्ता सुम्पनु उपयुक्त हुन्छ । अब बन्ने मन्त्रीमण्डलको नेतृत्व सक्षम नेपाली महिलाबाट भयो भने त्यो पनि यो विद्रोहले विश्वलाई दिने सकारात्मक सन्देश हुनेछ ।

यसका साथै , आर्थिक उन्नतिलाई पनि सँगसँगै लानुपर्ने  हुन्छ । यसको लागि हाइड्रो पावरको विकास, सूचना प्रविधिको विकास, ट्रान्समिसन लाइनको निर्माण आधार हुन सक्छन् । अपार सम्भावना बोकेको नेपालको जलविद्युत विकास गरे र भारतीय बजारमा पुर्‍याउने , भारतले विकास गरेको सूचना प्रविधिलाई नेपालमा ल्याउने र नेपालमा उत्पादित विद्युतलाई भारतीय प्रणालीसँग जोड्न ट्रान्समिसन लाइन निर्माण गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने  हुन्छ ।

प्रस्तुत यी खाका अनुपयुक्त लागे अन्य वैकल्पिक उपायमा छलफल गर्न सकिन्छ । तर मुख्य कुरा संरचनागत परिवर्तन नगरी तपाईंहरूले सोचेजस्तो भ्रष्टाचारमुक्त शासन व्यवस्थाको स्थापना हुन सक्तैन । त्यसो गर्न सकिएन भने तपाईंहरूले गरेको बलिदानले सार्थकता पाउँदैन ।

- लेखक अन्तर्राष्ट्रिय सम्बन्ध र विकास विज्ञ हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्