नेभिगेशन
फोटो स्टोरी

कृष्णभीरको नयाँ ट्र्याक

धादिङको कृष्णभीरमा तयार सडकको नयाँ ट्र्याक । त्रिशूलीमा बाढी आएपछि कृष्णभीरमा पहिरो गएर सडक भत्किएपछि विकल्पमा नयाँ ट्र्याक खोलिएको हो । यो क्षेत्रमा सडक अवरुद्ध भएको दसौं दिन आइतबार दुई लेन ग्राभेल तयार गरेर परीक्षण पनि गरिएको नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डले जनाएको छ । नयाँ ट्र्याक परीक्षणका रूपमा काठमाडौं–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ । चितवन–काठमाडौ तर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको जनाइएको छ । कुनै समस्या नआए सोमबारदेखि पूर्णरूपमा  सञ्चालनमा ल्याउन काम भइरहेको जनाइएको छ । तस्बिरः सडक डिभिजन भरतपुर  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्