नेभिगेशन
फोटो स्टोरी

शिक्षामन्त्री पोखरेल र बबिताकुमारी पासवानबीच भेट

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सोमबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बबिताकुमारी पासवानलाई भेट्दै । पासवानले अस्पतालको गेटमै बच्चा जन्माएकी थिइन । उक्त भिडियो समाजिक सञ्जालमा आएपछि सरकारको आलोचना भएको थियो । जसमा सरकारले अस्पताल कर्मचारीलाई कार्बाही गरेको थियो । मन्त्री पोखरेलले उपचाररत पासवान आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अस्पताल प्रशासनका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी