नेभिगेशन
उपत्यका

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाई र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन् ।
यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी–ज्वाईलाई टीका प्रदान गर्नुभयो । उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्