नेभिगेशन
अर्थतन्त्र

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश पारित

काठमाडौं । छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर गरी २५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी संस्थाको चुक्ता पुँजी ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैयाँबाट वृद्धि गरी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैयाँ ५० पैसा पुर्‍याउने निर्णय पनि साधारण सभाले गरेको छ ।

संस्थाले ६९ जिल्लामा १९७ वटा शाखामार्फत ४ लाख ४० हजार ३ सय ७ महिला सदस्यलाई लघुवित्त कार्यक्रममार्फत सेवा दिइरहेको छ ।

२०५८ सालमा स्थापित यस संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद नाफा आर्जन गरेका थियो । त्यस्तै साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रकाशराज विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्