नेभिगेशन
अर्थतन्त्र

एनसेलको सहयोगमा तीन सहरमा ‘क्रिएर्टस मेला’

काठमाडौं । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा एनसेलले चितवन, नेपालगन्ज र काठमाडौंमा मेला आयोजना गर्न लागेको हो ।

निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गर्ने एनसेलले जनाएको छ । चितवनबाट माघ ३ मा सुरु हुने क्रिएटर्स मेला माघ १० गते नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौंमा आयोजना हुनेछ । सन् २०२३ मा सुरु भएको क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ । ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड् काले ‘क्रिएर्टस मेला’सँगै भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरेको र दर्ता भएका सहभागीले सीप प्रदर्शन गरेर पुरस्कार जित्न सक्ने बताइन् । विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो र रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्ने एनसेलको विश्वास छ ।

त्यसैगरी, अमेरिकाको नेपालस्थित दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलापमार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्‍याउने बताए । ‘देशभर ज्ञान, सीप र सञ्जाल विस्तार गरेर हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्धन गरिरहेका छौँ,’ उनले भने ।

एनसेल भिडियो प्रतिस्पर्धा

क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ, जसअनुरूप मेलाका सहभागीलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ । क्रिएटरहरूले ‘एनसेल फोरजीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने एनसेलले जनाएको छ ।

मेलाकै बीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ । उनीहरूले नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक विजयी प्रतिस्पर्धीले एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन् । सन् २०२३ बाट सुरु भएको यो कार्यक्रममा हालसम्म ५ हजारभन्दा बढी क्रिएटरहरू संलग्न भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्