नेभिगेशन
अर्थतन्त्र

मद्रास मोटर स्पोर्टस् क्लब नेपाल टिभिएस रेसिङमा पौडेल उत्कृष्ट

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतीक्षित कार्यक्रम ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय सहभागिता भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा सम्पन्न भएको छ । जनवरी ९–११ मा भएको एमएमएससी नेपाल टिभिएस रेसिङमा नेपाली राइडरहरूले विश्वस्तरीय ट्रयाकमा एसियन स्तरको प्रभावशाली प्रदर्शन गरेका छन् ।

नासा नेपालको तर्फबाट मद्रास मोटर स्पोट्र्स क्लबद्वारा आयोजित एमएसएससी नेपाल टिभिएस रेसिङअन्तर्गत जनवरी ९ मा ओरियन्टेसन, जनवरी १० मा प्राक्टिस रेस र जनवरी ११ मा फाइनल रेस सम्पन्न भएको हो ।

फाइनल रेसमा सहभागी नेपाली राइडरहरूमध्ये श्रीहरि पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । घरेलु रोड रेसिङमा लामो समयदेखि एकलौटी दबदबा राख्दै आएका पौडेलले अन्तर्राष्ट्रिय स्तरको ट्रयाकमा समेत आफूलाई अब्बल सावित गरेका छन् ।

त्यसैगरी, तीव्र प्रतिस्पर्धाबीच अभिनव राजमल्ल दोस्रो तथा दिलिप दनुवार तेस्रो स्थानमा रहन सफल भए । विजेता सहितको सम्पूर्ण नेपाली टिमलाई मद्रास मोटर स्पोट्र्स क्लबका अधिकारीहरूले विशेष सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्