नेभिगेशन
अर्थतन्त्र

प्रभाव जमाउँदै प्रोटोन इमास ७ एसयूभी

काठमाडौं । प्रोटोन नेपालले फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली बजारमा उल्लेखनीय प्रभाव जमाएको जनाएको छ । इभी पारखीहरू र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७ मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको कम्पनीको दाबी छ ।

१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ । ४ हजार ६१५ एमएम लम्बाई र १८० एमएम ग्राउन्ड क्लियरेन्सका कारण यस एसयूभीले पर्याप्त स्थान तथा विविध सडक अवस्थाका लागि आवश्यक क्षमता प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालका लागि प्रोटोन सवारी साधनको आधिकारिक आयातकर्ता र वितरक जगदम्बा मोटर्स हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्