नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंकका ग्राहकलाई ब्ल्याक हर्स जुत्ता किन्दा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीलाई लाभ प्रदान गर्ने उद्देश्यले जुत्ता उद्योगसँग सम्झौता गरिएको छ । बैंकले काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इन्डस्ट्रिजले उत्पादन तथा बिक्री गर्ने ब्ल्याक हर्स ब्रान्डका जुत्ताको खरिदमा बैंकका ग्राहक र कर्मचारीले १० देखि २० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरेको हो ।

सम्झौता पत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाल बैंकका ग्राहक र कर्मचारीले ब्ल्याक हर्स इन्डस्ट्रिजबाट उत्पादित ब्ल्याक हर्स ब्रान्डका जुत्ता देशभरका विक्रेताबाट खरिद गर्दा छुट सुविधा पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्