नेभिगेशन
अर्थतन्त्र

रियल ड्रिम्स एजुकेसनको ब्रान्ड एम्बेसडरमा आसिफ शेख

काठमाडौं । रियल ड्रिम्स एजुकेसन एन्ड माइग्रेसनले नेपालले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आसिफ शेखलाई नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । आसिफसँगको सहकार्यलाई कम्पनीले संस्थाका विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा र विश्वव्यापी करिअर अवसरतर्फ प्रेरित गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

कार्यक्रममा रियल ड्रिम्सको काठमाडौं शाखा प्रबन्धक दिव्या महर्जन प्रधानले अनुशासित, प्रेरणादायी र सफल खेलाडी आसिफ शेखसँगको सहकार्यले संस्थाको मूल्य, दृष्टिकोण र विद्यार्थीलाई सकारात्मक दिशातर्फ मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरिन् ।

संस्थाका अध्यक्ष वसन्त नेपालले एक सन्देशमार्फत ‘यस सहकार्यले हजारौँ विद्यार्थीलाई ठुलो सपना देख्न तथा मेहनतका साथ लक्ष्य प्राप्तितर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्