नेभिगेशन
अर्थतन्त्र

भेटायोले ल्यायो जाडोमा गिजर मर्मत तथा जडान सेवा

काठमाडौं । नेपालको अग्रणी अन–डिमान्ड सर्भिस प्लेटफर्म भेटायोले जाडो मौसमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताका लागि प्रोफेसनल गिजर मर्मत र जडान सेवा सुरु गरेको छ । यो सेवा मात्र १ हजार रुपैयाँबाट सुरु हुने र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

जाडो सुरु हुनासाथ काठमाडौंमा गिजर बिग्रने समस्या धेरै देखिने, सामान्य समस्याहरूमा पानी तात्न ढिला हुने, गिजरले पानी तताउन छाड्ने, अनौठो आवाज आउने, पानी विस्तारै बग्ने, अत्यधिक बिजुली खपत हुने र गिजरबाट करेन्ट लाग्ने जस्ता जोखिमबाट बचाउन भेटायोको सेवा प्रभावकारी हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार गिजर निरन्तर चल्ने उपकरण भएकाले ६ महिनामा एकपटक वा कम्तीमा वर्षमा एकपटक सर्भिसिङ अनिवार्य हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्