नेभिगेशन
अर्थतन्त्र

नेसनल लाइफको एमडीआरटी सम्मान तथा तालिम

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीले एमडीआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना, सिओटीमा ४ जना र एमडीआरटीमा ७७ जना गरी छनौट भएका ८३ अभिकर्तालाई भव्य समारोहका बीच सम्मान गरेको हो ।

धुलिखेलमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेकोमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रशंसा गरिन् । यस्ता कार्यले अभिकर्ताहरू उत्साहित हुने उनको ठहर छ ।

कार्यक्रममा एमडीआरटी २०२६ मा तोकिएको बीमाशुल्क संकलन गरी एमडीआरटी सिओटी र टिओटीको लक्ष्य हासिल गर्न सफल सबै अभिकर्तालाई विशेष सम्मान गरिएको छ ।

कम्पनीले एमडीआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना ‘चेज योर एमडीआरटी’मा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरेका छ ।

कार्यक्रममा सबैभन्दा बढी एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल तीनकुने शाखालाई पनि सम्मान गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्