नेभिगेशन
अर्थतन्त्र

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन् । अफरमार्फत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीहरूले जनाएका छन् ।

अफरअन्तर्गत करसहित २ ९९ रुपैयाँ वा त्योभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकले छुटका लागि कुपन प्राप्त गर्छन् । यसरी प्राप्त हुने छुट कुपन नेपालका आधिकारिक टी– २० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिन्छ ।

यो अफरले क्रिकेट प्रेमीलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक रूपमा झन् बढी जोड्ने अपेक्षा गरिएको छ । अफरअन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट र क्याप समावेश छ ।

यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूमार्फत उपलब्ध हुनेछ, जसले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई यस उत्सवमा सहभागी हुने अवसर प्रदान गरेको एनसेलले जनाएको छ ।

एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एपबाट टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफरअन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्नेछन् । खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिंक भएको एसएमएस प्राप्त गर्नेछन् ।

त्यसपछि भाटभटेनीको लिंकमा क्लिक गरी ग्राहकले आफूलाई मन पर्ने मर्चेन्डाइज छनोट गर्न सक्छन् । चेक आउटका क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्छन् । अर्डर पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो अफर २०८२ चैत १७ सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफरअन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुने जनाइएको छ । प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यलाई दिन पनि सकिने कम्पनीले जनाएको छ । तर, नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्