नेभिगेशन
अर्थतन्त्र

रेड्मी नोट १५ सिरिज सार्वजनिक

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा रेड् मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजमा चारवटा मोडेलहरू– रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश छन् ।

यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री छ, जसमा १० प्रतिशत एसआईसी सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज रहेको छ, जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ ।

रेड्मी नोट प्रो+ ५जीमा २०० एमपी प्राइमरी क्यामेरा छ, जसमा २ एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जुम र ओआईएस फिचर छ । यसमा विश्वभर पहिलो पटक २००एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ ।

रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २००एमपी क्यामेरा सिस्टम र आईपी६६, आईपी६८, आईपी६९, आईपी६९के रेटिङ छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलिकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि (लगभग ६ वर्ष) ८० प्रतिशत क्षमता कायम राख्छ ।

रेड्मी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो । यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । १०८ मेगापिक्सेल क्यामेराले ३ गुणा इन–सेन्सर जुम र ओआईएस दिन्छ ।

रेड्मी नोट १५ ४जी मोडेलमा ६,००० एमएएच ब्याट्री र १०८ मेगापिक्सेल क्यामेरा छ, जसमा ३ गुणा अप्टिकल–स्तर टेलिफोटो छ । सार्वजनिक भएका फोनहरूको मूल्य २९ हजार ९९९ रुपैयाँदेखि ६६ हजार ९९९ रुपैयाँसम्म छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्