नेभिगेशन
अर्थतन्त्र

भारतीय बजारमा प्रवेश गर्दै वाह् पपकर्न

काठमाडौं । गोरमेट पपकर्न ब्रान्ड वाह् पपकर्नले आठौं वार्षिकोत्सवका अवसरमा आफ्ना उत्पादनलाई भारतीय बजारमा लैजाने महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेको छ ।

सानो घरेलु प्रयासबाट सन् २०१७ मा स्थापना भएर नेपालकै चर्चित प्रिमियम स्न्याक ब्रान्डको रूपमा स्थापित भएको वाह् पपकर्नले भारतीय बजारमा उपस्थिति जनाएको हो । आठ वर्षको सफल यात्रापछि कम्पनीले अन्तर्राष्ट्रिय बजारतर्फ पहिलो ठोस कदम चाल्दै भारतका उपभोक्तासम्म नवीन र उच्च गुणस्तरका उत्पादन पुर्‍याउने तयारी गरेको छ ।

वाह् पपकर्नका संस्थापक तथा प्रबन्ध निर्देशक शुभाकर मानन्धरले कम्पनीले आठ वर्ष पूरा गर्नु गर्वको विषय भएको र भारतीय बजारमा प्रवेश गर्नु थप अर्थपूर्ण रहेको बताए । ‘भारत स्वादप्रतिको रुचि र विविधताका लागि परिचित बजार हो र त्यहाँ हाम्रो उत्पादन लैजान पाउँदा हामी उत्साहित छौं,’ उनले भने । नेपालमा वाह् पपकर्नले परम्परागत पपकर्नको सीमाभन्दा बाहिर गएर चेडर चिज, बटर स्कच, कारमेल र पेरी पेरी जस्ता लोकप्रिय स्वादहरूसहित उपभोक्ताको विश्वास जित्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्