नेभिगेशन
अर्थतन्त्र

किसान सहकारीका शेयर सदस्यलाई निसर्ग हस्पिटलमा छुट

धनगढी । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी शेयर सदस्य रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरूले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । किसान सहकारीले शेयर सदस्यलाई छुट दिने गरी निसर्ग हस्पिटलसँग मंगलबार सम्झौता गरेर उपचारमा त्यस्तो छुट उपलब्ध गराउने भएको हो ।

निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले मंगलबार उपचारमा छुट दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्