नेभिगेशन
अर्थतन्त्र

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

सुर्खेत । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । माघ २० भित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको हो ।

आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । ६ वर्षअघि ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले सतप्रतिशत भौतिक प्रगति गरेको छ । आगामी एक सातामा परीक्षणको सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने जनाइएको छ । प्रसारण लाइन सम्पन्न भएपछि लो–भोल्टेज, पटक–पटक बत्ती जाने जस्ता समस्याबाट सुर्खेतबासीले मुक्ति पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्