नेभिगेशन
अर्थतन्त्र

नेपाल डेरी एसोसिएसनमा पुनः दाहाल

काठमाडौं । नेपाल डेरी एसोसिएसनको २७औं साधारण सभा तथा ९औँ महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । महाधिवेशनले प्रल्हाद दाहाललाई पुनः अध्यक्ष चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपप्रसाद धमला चयन भएका छन् । उपाध्यक्षहरूमा मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी र रामभक्त दाहाल चयन भएका छन् । यसैगरी, महासचिवमा हेमचन्द्र खनाल, उपमहासचिवमा विजयप्रसाद चौरसिया, सचिवमा शिवहरि आचार्य र सहसचिवमा रमेश सञ्जेल चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी शिवलाल भुसालले पाएका छन् । सह–कोषाध्यक्षमा आशिषकुमार बुढाथोकी चयन भएका छन् ।

यस्तै, कार्यसमितिका सदस्यहरूमा शिव घिमिरे, र विरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहरा, अजित बजगाईं, टिकाराम खँदाल, कृष्ण भट्टराई, जनक न्यौपाने, रविन्द्र हुमागाईं, तुलुकाजी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाइवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाईं, पवनप्रसाद बाँस्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर विष्ट, निराजन कोइराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त चयन भएका छन् ।

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख स्रोत पशुपालन र कृषि भएकाले संघीय सरकारले निर्धारण गरेका नीतिहरूलाई प्रदेश सरकारले समेत थप व्यवस्थित बनाउन प्रयत्न गरेको बताए । उनले कृषि क्षेत्रलाई अनुदानमुखी भन्दा उत्पादनमुखी बनाउन प्रयत्न गरिएको स्पष्ट पारे । ‘बर्सेनि उत्पादन घट्नु र आयात बढ्नुले चुनौती थपिएको छ,’ उनले भने, ‘उत्पादन बढाउन कृषक र व्यवसायीसँग सरकार हातेमालो गर्न तयार छ ।’

कार्यक्रममा अध्यक्ष प्रल्हाद दाहालले नेपालको दुग्ध डेरी व्यवसायको अवस्था, कृषक र व्यवसायीले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी मन्त्रालयका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, व्यवसायीहरू अमरबहादुर कुँवर, सुमित केडियालगायतले नेपालको अवस्था र भोगिरहेका समस्यामा सरकारसँगको अपेक्षाका बारेमा धारणा राखेका थिए ।

साधारण सभा तथा महाधिवेशनको अवसरमा पूर्वसचिव डा. बंशी शर्मालाई राष्ट्रिय सम्मान गरिएको छ । पत्रकारितामार्फत डेरी क्षेत्रलाई विभिन्न माध्यमबाट प्रचारप्रसार गरी सहयोग पुर्‍याएको भन्दै उत्कृष्ट सञ्चारकर्मी पुरस्कार नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनालाई प्रदान गरिएको छ । त्यस्तै सञ्चारमाध्यमका रुपमा काभ्रेबाट प्रकाशित हुने नव क्षितिज साप्ताहिक सम्मानित भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्