नेभिगेशन
अर्थतन्त्र

किसानलाई व्यावसायिक गाई तथा कुखुरापालन तालिम

काठमाडौं । सुनसरीको पशुसेवा तालिम केन्द्र दुहवीको आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा झापा र मोरङका किसानलाई व्यावसायिक गाई तथा कुखुरापालन तालिम प्रदान गरिएको छ ।

झापाको गरामुनी शाखाका ५७ सदस्य किसानलाई पुस १७ देखि २२ सम्म ६ दिने गाईपालन तालिम प्रदान गरिएको हो । त्यस्तै मोरङको दुर्गापुरी शाखाका ४० सदस्य किसानलाई पुस २३ देखि २७ सम्म कुखुरापालन तालिम प्रदान गरिएको छ । तालिममार्फत ग्रामीण महिला सदस्यको क्षमता अभिवृद्धि गर्नुका साथ व्यावसायिक पशुपालनतर्फ प्रोत्साहन गर्ने उद्देश्य रहेको डिप्रोक्स लघुवित्तले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्