नेभिगेशन
अर्थतन्त्र

सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित

चितवन । चितवनमा सुन्तला खेती गर्ने किसान यस वर्ष राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा उत्पादन भएको सुन्तला बोटबाटै प्रतिकिलो १०० रुपैयाँभन्दा बढीमा बिक्री हुँदै आएको छ, जसले किसानलाई राहत दिएको छ ।

गत वर्ष मूल्य नपाउँदा समस्या भोगेका किसान यस वर्ष ग्रेडिङ (सानो, मझौला र ठूलो) गरेर बिक्री गर्दा उचित मूल्य पाउन सफल भएका छन् । उत्पादन केही घटे पनि बजारमा माग राम्रो रहेकाले किसान सन्तुष्ट छन् । यहाँको सुन्तलाको स्वाद मिठो भएकाले नारायणगढ, मुग्लिन, काठमाडौँ र पोखरामा माग उच्च छ ।

गाउँपालिकाले सुन्तला खेती प्रवर्द्धन, रोग नियन्त्रण, तालिम, अनुदान तथा कृषि एम्बुलेन्समार्फत बजारसम्म पहुँचमा सहयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्