नेभिगेशन
अर्थतन्त्र

एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरन्सबीच सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्तालाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्नेसम्बन्धी एक रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र सूर्यज्योतिका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित र अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर पाएका छन् ।

उनीहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधा उपयोग गर्न थप सहज हुने बैंकको विश्वास छ । ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग सहकार्य गरेको एनआईसी एसियाका ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख धिरेन्द्रप्रसाद वाग्लेले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्