नेभिगेशन
अर्थतन्त्र

मञ्जुश्रीको २८औं शाखा थापाथलीमा

काठमाडौं । मञ्जुश्री फाइनान्सले थापाथलीस्थित आफ्नै भवनमा २८औं शाखा सञ्चालनमा ल्याएको छ । आफ्नै भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएपछि कम्पनीले बिहीबार थापाथलीस्थित भवनमा नयाँ शाखा स्थापना गरेको हो ।

यसअघि कम्पनीले २७ वटा शाखा र एक एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको थियो । पुस मसान्तसम्ममा फाइनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २०.०३ रुपैयाँ छ । पुस मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको फाइनान्सले ग्राहक सेवा र डिजिटल बैंकिङमा अग्रसर रही फाेनपेसँगको सहकार्यमा मञ्जुश्री फाेनपे भर्चुअल क्रेडिट कार्ड सेवा पनि सुरु गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्