नेभिगेशन
अर्थतन्त्र

फोटोन टुनल्यान्ड जी७ युरोपेली माइलस्टोन, नेपालमा पनि उपलब्ध

काठमाडौं । फोटोन टुनल्यान्ड जी७ ले युरोपको कडा अटोमोटिभ बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ । इटालीमा ४ सय युनिटको अर्डर प्राप्त गर्दै अन्तर्राष्ट्रिय रूपमा प्रमाणित टुनल्यान्ड जी७ नेपालमा पनि उपलब्ध भएको छ ।

नेपाली ग्राहकले युरोपेली बजारमा स्वीकृत उही मोडल, उही गुणस्तर र सुरक्षा मापदण्डसहित प्राप्त गर्ने कम्पनीले जनाएको छ । नेपालका विविध भू–बनावट र कठिन ड्राइभिङ अवस्थालाई ध्यानमा राख्दा टुनल्यान्ड जी७ को अन्तर्राष्ट्रिय सफलताले यसको क्षमताप्रति थप भरोसा दिलाउने अपेक्षा गरिएको छ ।

टुनल्यान्ड जी७ को यो सफलतालाई कुनै ट्रायल वा छोटो अवधिको लन्च नभई प्रतिस्पर्धात्मक युरोपेली बजारमा दीर्घकालीन स्वीकार्यता पाएको संकेतका रुपमा हेरिएको छ । युरोपेली ग्राहकले प्राथमिकता दिने टिकाउपन र गुणस्तर मापदण्डलाई यस पिकअपले सफलतापूर्वक पूरा गरेको बताइएको छ ।

फोटोन टुनल्यान्ड जी७ को आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलले देशभरका सोरूम र सेवा केन्द्रमार्फत विश्वस्तरीय आफ्टर–सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्