नेभिगेशन
अर्थतन्त्र

रौतामाईमा सलिकोको सचेतना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले उदयपुरको रौतामाई गाउँपालिकामा कृषि, पशुपन्छी तथा विपद् बीमा जोखिम न्यूनीकरणसम्बन्धी एक दिवसीय छलफल तथा सचेतना कार्यक्रम आयोजना गरेको छ ।

रौतामाई नगरपालिका ७ को सभाहलमा आयोजित कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छी विभाग प्रमुख उमेश ढकालले मुख्य प्रशिक्षकका रूपमा कृषि तथा पशुपन्छी बीमाको महत्व, बीमा गर्ने प्रक्रिया, कानूनी प्रावधान र दाबी भुक्तानीका लागि आवश्यक पर्ने कागजात तथा प्रक्रियाबारे विस्तृत जानकारी गराएका छन् । उनले कृषकलाई प्राकृतिक विपद् र आकस्मिक दुर्घटनाबाट हुने क्षति कम गर्न बीमाको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा स्थानीय कृषि तथा पशु प्राविधिक, विभिन्न संघसंस्थाका प्रतिनिधि, कम्पनीका कर्मचारी र करिब ४० अगुवा कृषकको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्