नेभिगेशन
अर्थतन्त्र

सामसङ नेपालद्वारा ग्यालेक्सी एस–२६ सिरिज सार्वजनिक

काठमाडौं । सामसङ नेपालले नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी एस–२६ सार्वजनिक गर्दै नेपालमा प्रि–अर्डर खुला गरेको छ । कम्पनीका अनुसार बहुप्रतीक्षित ग्यालेक्सी एस–२६ अल्ट्रा, ग्यालेक्सी एस–२६ प्लस र ग्यालेक्सी एस–२६ मोडेलहरू नेपाली बजारमा सार्वजनिक गरेको हो ।
यी सबै मोडलहरू मार्च ८ देखि मार्च १८ सम्म वा स्टक उपलब्ध नभएसम्म प्रि–अर्डरका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस–२६ सिरिज ग्यालेक्सी एआई अनुभवमा आधारित अहिलेसम्मकै सहज, स्मार्ट र अनुकूल प्रविधिसहित तयार गरिएको छ ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा एमएक्स विभाग प्रमुख प्रनयरत्न स्थापितका अनुसार ग्यालेक्सी एस–२६ सिरिज प्रयोगकर्ताको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी इन्जिनियर गरिएको छ । उनले एजेन्टिक एआईमार्फत दैनिक कामहरू सहज रूपमा व्यवस्थापन गर्ने यस प्रविधिले प्रयोगकर्तालाई परिवारसँग समय बिताउन, उत्पादकत्व बढाउन र दैनिक क्षणहरूको आनन्द लिन मद्दत गर्ने बताए । साथै कम्पनीले २४ महिनासम्मको ईएमआई सुविधा सुरु गरेर उन्नत प्रविधिहरूलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रयास गरेको उनको भनाइ छ ।
ग्यालेक्सी एस–२६ सिरिजमा गोपनीयता र कार्यसम्पादनलाई विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । विशेषगरी ग्यालेक्सी एस–२६ अल्ट्रामा उद्योगमै पहिलो पटक इन–बिल्ट प्राइभेसी डिस्प्ले समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई उच्च स्तरको गोपनीयता प्रदान गर्ने बताइएको छ । साथै, अनुकूलित चिपसेट र सुधारिएको थर्मल व्यवस्थापन प्रणालीका कारण ७.९ मिलिमिटरको स्लिम डिजाइनमै छिटो र शक्तिशाली एआई प्रदर्शन उपलब्ध हुने कम्पनीको दाबी छ ।
मूल्यका हिसाबले ग्यालेक्सी एस–२६ सिरिजका विभिन्न मोडेल फरक–फरक स्टोरेज ¥याम क्षमतासहित उपलब्ध हुनेछन् । ग्यालेक्सी एस–२६ अल्ट्राको १६ जीबी ¥याम र १ टेराबाइट स्टोरेज भएको मोडेलको मूल्य २ लाख ९३ हजार ९९९ रुपैयाँ तोकिएको छ भने १२ जीबी ¥याम र ५१२ जीबी स्टोरेज भएको मोडेलको मूल्य २ लाख ४२ हजार ९९९ रुपैयाँ छ ।
यसैगरी, १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज भएको ग्यालेक्सी एस–२६ अल्ट्राको मूल्य २ लाख १२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । ग्यालेक्सी एस–२६ प्लसको १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज भएको मोडेलको मूल्य १ लाख ८२ हजार ९९९ रुपैयाँ रहेको छ भने ग्यालेक्सी एस–२६ को १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज संस्करण १ लाख ३३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी सबै मोडल कोबाल्ट भायोलेट र कालो रंगमा उपलब्ध हुनेछन् ।
प्रि–अर्डर गर्ने ग्राहकका लागि विशेष अफर पनि उपलब्ध गराइएको छ । ग्यालेक्सी एस–२६ अल्ट्राको १ टेराबाइट वा ५१२ जीबी संस्करणमा १५ हजार रुपैयाँ बराबरको स्टोरेज अपग्रेड, २५६ जीबी संस्करणमा १० हजार रुपैयाँबराबरको स्टोरेज अपग्रेड तथा ग्यालेक्सी एस–२६ र एस–२६ प्लसको २५६ जीबी संस्करणमा ५ हजार रुपैयाँ बराबरको स्टोरेज अपग्रेड सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । सामसङले नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रमा ईएमआई सुविधा सुरु गर्ने अग्रणी ब्रान्डका रूपमा स्मार्टफोन, टेलिभिजन र गृहउपकरणमा उपलब्ध १२ महिनाको ईएमआईसँगै अहिले २४ महिनासम्मको ईएमआई विकल्प पनि ल्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्