नेभिगेशन
अर्थतन्त्र

कपनमा खुल्यो ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले मंगलबार कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो ।
काठमाडौंको बानेश्वरस्थित कात्यायनी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले कपनमा दोस्रो शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्घाटनको अवसर पारेर ग्राहकलाई ‘करेन्ट मार्ट’ मा उपलब्ध सम्पूर्ण उत्पादनहरूको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कपनमा अवस्थित यस ‘करेन्ट मार्ट’ को भव्य उद्घाटन यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जीपी शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरे । उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिहरू, ग्राहक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति थियो । नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन् ।
यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क््रयाकर्स उपलब्ध हुनेछन् । त्यसैगरी, चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सीटीसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध रहेका छन् ।
उद्घाटन कार्यक्रममा यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक शाहले बानेश्वर शाखामा उपभोक्ताहरूले ‘करेन्ट मार्ट’लाई देखाउनुभएको माया र विश्वासले हामीलाई काठमाडौंका अन्य स्थानमा पनि छिट्टै सेवा विस्तार गर्न उत्साहित बनाएको बताए । उनले कपन र यस आसपासका उपभोक्ताले अब आफ्नै टोलबाट हाम्रा ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने बताए ।  १० प्रतिशत छुटको अफरबाट भरपुर फाइदा लिन पनि उनले सम्पूर्ण ग्राहकमा अनुरोध गरे ।
सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रालि नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ । विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ । आफ्ना उत्पादनहरू नेपालभर र विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महŒवपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्