नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकद्वारा कार्यशाला आयोजना

काठमाडौं । अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराँउदै आएको महालक्ष्मी विकास बैंकले वार्षिक कार्यक्रमअन्तर्गत दुईदिने कार्यशाला आयोजना गरेको छ । वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवद्र्धनप्रति प्रतिबद्धता जाहेर गर्दै बैंकले कार्याशाला र सामूहिक पदयात्रा कार्यक्रम गरेको हो ।
बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीको उत्साहजनक सहभागिताका साथ सम्पन्न यस दुई दिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२÷८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचनपछिको सकरात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जना हुन सक्ने आर्थिक चुनौतीहरुको समेतको विश्लेषण गरेको जनाएको छ ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरु अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण रहेको फेवाताल किनारमा सामूहिक रुपमा पदयात्रा गर्दैै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्