नेभिगेशन
अर्थतन्त्र

रेडमी नोट १४एस नेपाली बजारमा

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी सियोमीले नयाँ स्मार्टफोन रेडमी नोट १४एस नेपाली बजारमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, शक्तिशाली ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम सुविधासहित प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प बनेको छ ।
कम्पनीका अनुसार रेडमी नोट १४एस तीन आकर्षक रङ–ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पलमा उपलब्ध छ । तीमध्ये मिस्ट पर्पल रङ प्रयोगकर्तामाझ विशेष रूपमा लोकप्रिय बनेको कम्पनीले जनाएको छ । रेडमी शृंखलाकै इतिहासमा सबैभन्दा पातलो मानिने यो उपकरणले आधुनिक र आकर्षक रूप प्रदान गर्छ । यसको पातलो र हल्का बनावटले फोन प्रयोग गर्न सजिलो र सहज अनुभव दिन्छ ।
यो स्मार्टफोनमा ५ हजार ५२० मिलिएम्पियर आवर क्षमताको शक्तिशाली ब्याट्री रहेको छ । जसले सामान्य प्रयोगमा करिब दुई दिनसम्म चार्ज टिक्ने बताइएको छ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५ वाट टर्बो चार्जिङ प्रविधिले छिट्टै चार्ज गर्न सहयोग गर्छ । एकपटक पूर्ण चार्ज गर्दा करिब २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिने कम्पनीको दाबी छ ।
रेडमी नोट १४एसमा ६.७७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम चमक ३,२०० निट्ससम्म पुग्छ । यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । साथै ३,८४० हर्ज पीडब्लूएम डिमिङ प्रविधिले आँखालाई आरामदायी अनुभव दिन्छ । शक्तिशाली प्रोसेसर र २४ गिगाबाइटसम्मको ¥याम समर्थनका कारण फोनले उच्च गति र सहज प्रदर्शन प्रदान गर्छ ।
यो स्मार्टफोनमा १८० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २० मेगापिक्सेल अगाडिको क्यामेरा रहेको छ । बिल्ट–इन छवि स्थिरीकरण र कृत्रिम बुद्धिमत्ता–सक्षम सुविधाले स्पष्ट र उच्च गुणस्तरका फोटो तथा भिडियो खिच्न मद्दत गर्छ । कृत्रिम बुद्धिमत्ता पोट्र्रेट लगायतका स्मार्ट सुविधाले प्रयोगकर्तालाई अझ रोचक फोटोग्राफी अनुभव प्रदान गर्छन् ।
फोनमा स्क्रिनभित्रै रहेको औंलाछाप सेन्सर र कृत्रिम बुद्धिमत्ता आधारित अनुहार पहिचानमार्फत अनलक गर्ने सुविधा उपलब्ध छ । जसले प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्छ । साथै, ड्रप र पानी–प्रतिरोधी प्रमाणित भएकाले यसको टिकाउपन पनि राम्रो रहेको बताइएको छ । ‘वेट टच टेक्नोलोजी २.०’ का कारण भिजेको स्क्रिनमा पनि फोन सहज रूपमा प्रयोग गर्न सकिन्छ । 
रेडमी नोट–१४ एस नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको १२ जिबी ¥याम र ५१२ जिबी स्पेसको मूल्य ४६ हजार ९९९ रुपैयाँ तथा ८ जिबी ¥याम र २५६ जिबी स्पेश भएको मोबाइलको मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्