नेभिगेशन
अर्थतन्त्र

तीन ब्रोकर कम्पनीलाई १ करोड १० लाख जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा ब्रोकर कम्पनीलाई १ करोड १० लाख रुपैयाँ जरिवाना तिराएको छ । सेबोनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ को दफ ७ (क) को उपदफा ४ को खण्ड (घ) र दफा ७ (ग) को व्यवस्था उल्लंघन गरेको जनाउँदै ब्रोकर कम्पनीहरुलाई जरिवाना गरेको हो ।
सेबोनले सिप्ला सेक्युरिटिजलाई ५० लाख, श्रीकृष्ण सेक्युरिटिजलाई ३० लाख र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रकम जरिवाना गरेको छ । सेबोनका अनुसार तीनवटै संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ फ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्