नेभिगेशन
अर्थतन्त्र

नेपाल फर्मा एक्स्पो आजदेखि

काठमाडौं । ‘नेपाल फर्मा एक्स्पो २०२६ को दसौं संस्करण आजदेखि सुरु हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना हुने भएको हो ।  
‘फर्मामा नवीनता ः भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको एक्सपोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । एक्स्पोमा २ सयभन्दा बढी स्टल रहनेछन, जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनरीहरू राखिनेछन् ।
एक्स्पोमा ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहनेछ, जसले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँंग जोड्नेछन् । १० प्रतिशत स्टलमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछ । एक्स्पो फागुन ३० सम्म चल्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्